भारतीय टेलिभिजनका दर्शक तर्साउने यी ४ महिला खलपात्र

भारतीय धारावाहिक नहेर्ने नेपाली सायद निकै नै, विशेष गरेर नेपाली युवती, महिला गृहणीहरु भारतीय धारावाहिक भने पछि मरिहत्ते गर्दै हेर्ने गरेको पाईन्छ। आज हामी तपाईहरुलाई भारतीय धारावाहिकका ४ जना महिला खलपात्रको बारेमा जानकारी दिदै छौ, जसले टेलिभिजन टि.आर.पी.लाई उचाईमा पुर्याएका थिए।
कोमलीका
भारतीय टेलिभिजन स्टार प्लसबाट एकताका धमाका मचेको धारावाहिक हो ‘कसौटी जिन्दगी की’। जसमा प्रेरणा र अनुरागको लव स्टोरीको बारेमा थाहा नहुने प्राय: कोहि नहोलान। सोहि धारावाहिकमा खतरनाक भिलेन पनि थिईन जसको नाम थियो कोमालिका। सोहि भूमिकाबाट एकाएक चर्चाको शिखरमा पुगेकी उनले चौतर्फी तारिफ मात्र बटुलिनन उक्त सिरियलको टि.आर.पी. लाई पनि उचाईमा पुर्याएकी थिईन, पछि उनि बिग बोसको बिजेता हुनुका साथै अहिले कलर्स च्यानलबाट प्रशारण भै रहेको धारावाहिक चन्द्रकान्तामा पनि खलपात्रको रुपमा नै देखा परिरहेकी छिन।

अदा खान
भारतीय टेलिभिजन कलर्सबाट सिजन ३ सम्म प्रशारण भै रहेको धारावाहिक हो नागिन। सोहि धारावाहिकमा नेगेटिभ रोलमा देखा परेकी अभिनेत्री हुन अदा खान । उनले सो धारावाहिकमा निभाएको सो रोलले उनको चौतर्फी चर्चा मात्र भएन उनले नागिनको टि. आर.पी. लाई निकै उचाई सम्म ल्याउन मदत पनि गरेकी थिईन ।

अनिता हसनंदनी
बलिउडका केहि चलचित्रहरुमा अभिनय गरिसकेकी अनिता पनि भारतीय टेलिभिजनमा चर्चित नाम हो। उनले भारतीय टेलिभिजन स्टार प्लसबाट प्रशारण भई रहेको धारावाहिक ‘ये है मोहबते’मा नेगेटिभ भूमिका निभाएकी छिन। जसले गर्दा नेगेटिभ नै सहि उनको चर्चा धेरै नै चलेको थियो १००० एपिसोड भन्दा बढी प्रशारण भै सकेको उक्त धारावाहिक अझै पनि प्रशारण भई रहेको छ। सगुनको नेगेटिभ भूमिकालाई दर्शकहरुले यसरी मन पराएकी सो धारावाहिकको टि. आर.पी. पनि अहिले निकै उचाईमा रहेको छ। अनिता अहिले नागिन ३ मा पनि रहेकी छिन ।

मेघना मलिक
भारतीय टेलिभिजनमा धेरै चर्चा बटुल्ने धारावाहिक नै ‘ना आना ईस देश मै लाडो’ र चर्चित खल पात्र भनेकै ‘अम्मा जी’ हो । डरलाग्दो लूक्स र अभिनयका कारण चर्चामा रहेकी मेघना मलिकले सो धारावाहिकको टि. आर. पी. लाई चर्चाको शिखरमा पुर्याएकी थिईन।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.