यस्तो छ आकाश अभिनित ‘ड्रिम गल’को ट्रेलर

आकाश श्रेष्ठ अभिनित फिल्म ‘ड्रिम गल’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलबार जधानी स्थित पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलर २ मिनेट ५७ सेकेन्डको रहेको छ । जसमा हासो, प्रेम, रोधन तथा दुवर्न्दलाई समेटिएको छ ।

सपना र वास्तविकतामा आधारित रहेर निर्माण भएको फिल्ममा ऋषि राज आचार्यको निर्देशन तथा उनैको लेखन रहेको उक्त फिल्ममा अर्जुन शर्मा, ऋषि राज आचार्य, र रामेशोर धिताल निर्माता रहेका छन् ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन तथा गम्बिर विस्टको कोरियोग्राफी रहेको छ भने फिल्ममा आकाश श्रेष्ठ , विल्सन बिक्रम राई, आशमा गिरि,कोपिला थापा, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरि, निर्मला शर्मा, शिशिर भण्डारी, तुलसी श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.