किन बाहिरिन निरुता ‘लभ स्टेशन’बाट

फिल्म ‘नाई नभन्नु ल ५’बाट फिल्म उधोगमा कमब्याक गरेकी अभिनेत्री निरुता सिंह अहिले दार्जिलिंगमा छायांकन भइरहेको फिल्म ‘लभ स्टेशन’मा आवद भएकी थिन ।

तर अहिले उनि उक्त फिल्मबाट बाहिरिएकी छिन । निरुता र उत्तम प्रधानको अभिनय रहने उक्त फिल्म गर्न उनलाई निकैनै मन रहेको थियो तर उनको बुवाको स्वस्थ स्थिति खराब भएको कारण उनले यो फिल्म छाड्नु परेको हो । उनि फिल्म ‘दाल भात तरकारी’मा पनि हरिवंश आचार्यको जोडीका रुपमा देखिने पक्का भइसकेको छ ।

उज्जवल घिमिरे निर्देशित यस फिल्मको निर्माता गोविन्द शाही हुन भने फिल्ममा आलोक शुक्लाको छायांकन शम्भुजित बाँस्कोटा, पक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा प्रदिप खड्का, जसिता गुरुङ, श्रद्धा क्षेत्री, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.