सिटिएफ फ्रेसर फेसन नाईट शो फेसन हुदै 

सिटिएफ नेपाल द्वारा आयोजनामा “सिटिएफ फ्रेसर फेसन नाईट” फेसन शो हुने भएको छ । उक्त शो को लागि यहि आउदो असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा बिहान ६ बजे देखि अडिशन हुने भएको छ । कार्तिक १६ गते रक टनेल रेष्टुरेन्ट तिनकुनेमा हुन गईरहेको फेसन शोमा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा रहने छन भने यस फेशन शोमा सेलेब्रेटी मोडल/नायिकाहरुको समेत उपस्थित रहने आयोजक एलिशा अग्रवालले बताएका छन् ।

फेसन शोमा फ्री ट्रेनीङको साथमा प्रतियोगीहरुले गिफ्ट ह्याम्पर्स, फोटो सुट चलचित्र,म्युजिक भिडियोहरुमा समेत अभिनय गर्ने मौका पाउने भएका छन । 

एलिशा अग्रवालको संयोजन र नबिन न्यौपानेको कोरियोग्राफीमा हुने उक्त फेशन शोमा १६ बर्ष देखी २२ बर्ष सम्मका युवा युवती मोडलहरु अडिसनमा सहभागी हुन पाउनेछन भने अडिसन छानीएका मोडलहरुलाई फ्री ट्रेनीङ तथा मिडिया एक्स्पोज गरिने जानकारी आयोजकले गराएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.