अनी सक्सेस पार्टी र केक केका लागि काट्छन् त निर्माता ?

सुत्र इन्टरटेन्मेन्ट – फिल्म भैरे हलमा हिट भएको भन्दै भैरे २ मात्र घोषणा गरिएन, केक काटेर पार्टी नै दिइयो । केक काटेर पार्टी दिने क्रममा निर्माताले व्यापार सार्वजनिक नभएको बताए । तर, उनी केक काट्न तम्सिएका थिए । भैरेले नेपालभरबाट कति कमाएको हो भन्ने निर्माताले सार्वजनिक नगरेपनि यसका वितरक सुनिल मानन्धरले खुलाइदिएका छन् ।

सुनिलका अनुसार भैरेलाई ५० लाख भन्दा बढी घाटा छ । देशभरबाट यो सिनेमाले ८० लाखको ग्रस कलेक्शन गरेको छैन । तर, निर्माताले के खुशीमा केक काटेका हुन् ?

वितरक मानन्धरले नेपालमा ९० प्रतिशत सिनेमा असफल हुने, ५ प्रतिशतले लगानी मात्र उठाउने,, ५ प्रतिशतले नाफा कमाउने खुलाइदिएपछि एक पटक सिनेमा वृत्तमा हुने गरेको व्यापारको मनलाग्दी रिपोर्ट सार्वजनिक सुनेर झस्कन परेको छ ।

मानन्धरले नै वितरण गरेको सिनेमा कायरा पनि हिट छैन । उनले, कायरा पनि फ्लप भएको बताएका छन् । कायराको लगानी १ करोड भन्दा माथि रहेको हो भने असफल भएको उनले बताए । उनले त १ करोड भन्दा माथि लगानी गरेर कुनै पनि सिनेमाले लगानी उठाउन नसक्ने ठोकुवा गरे ।

सिनेमा नाई नभन्नु ल ५ ले लगानी उठाएको उनले बताए । रामकहानीको व्यापार ३ करोड आसपासमा रहेको सुनिलको ठोकुवा छ ।

वितरक मानन्धरको मात्र कुरालाई मान्ने हो भने, नेपालमा निर्माण भएका ९० प्रतिशत सिनेमाका निर्माता आत्मरतीमा रमाइरहेका छन् । हुनत, नेपालमा वितरक नै हुन्, जो हावाको रिपोर्ट दिएर दर्शक र मिडियालाई उल्लु बनाइरहेका छन् ।

यो बर्ष त नेपालमा सिनेमा हिट भएको भनेर केक काट्ने, भोज गर्ने, रिपोर्ट मनलाग्दी पठाउने फेसन नै चलिरहेको छ । तर, नेपालमा रिलिज भएका ९० प्रतिशत सिनेमाका निर्माताको भागाभाग हुने अवस्था छ ।

यस्तो अवस्थामा पनि निर्माता के कुराले खुशी हुन्छन् र केक काट्छन्, पार्टी दिन्छन् । कि, ग्रस कलेक्शन सबै आफ्नै हो भन्ने सोच्छन् । विदेशमा सिनेमा चलाउनका लागि हुने यो खालको नौटंकीले सिनेमा क्षेत्रलाई माथि लैजान कुनै पनि कोणबाट सहयोग गर्दैन ।

५ प्रतिशत सिनेमा सुरक्षित हुने देशमा कलाकारले महंगा पारिश्रमिक लिने, मनलाग्दी खर्च गरेर सिनेमा निर्माण गर्ने अवस्था छ त ? पहिले बजारको अवस्था र लगानीको अवस्था वुझ्न पर्छ कि पर्दैन ?
यो पनि पढ्नुहोस्:
हिट भनिएका यी फिल्म पनि लाखौको घाटामा

स्वस्तिमाको डाहा गर्न लायक सफलता

यो भिडियो पनि हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.