‘छक्का पन्जा ३’घटस्थापनाको दिन भन्दै गाए कलाकारहरुले र्याप

अशोज २४ अर्थात घटसथापनाको दिनबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘छक्का पन्जा ३’को दशैँ गीत सार्वजनिक भएको छ सार्वजनिक गीत १ मिनेट २१ सेकेन्डको रहेको छ जुन फिल्मको प्रमोसनको लागी तयार गरिएको हो

गीतमा डेबिड शंकरको स्वर, दीपक शर्माको संगीत, केदार घिमिरेको शब्द लेखन रहेको गीतमा दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालले र्याप हानेका छन् । र्यापमा फिल्म घटस्थापनाको दिनेबाट प्रर्दशनमा आउने जानकारी दिइएको छ ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति निर्माण भएको रहेको फिल्ममा केदार घिमिरे र जितु नेपालकार्यकारी निर्माता रहेका छन् ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरुको अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.