फिल्म ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक

अन्तरदेशीय प्रेम सम्बन्धमा आधारित फिल्म ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधबार अनामनगरमा स्थित एक कार्यक्रममा आयोजना गर्दे फिल्म निर्माण टिमले फिल्मको फस्ट लूक संगै प्रदर्शन मिति पनि तय गरेको छ ।

सार्वजनिक पोस्टरमा दीपशिखाको कपाल खौरिएको देखाइएको छ । जुन पोस्टरमा अभिनेत्री दीपशिखा मात्र देखिएकी छिन । अलि खान र मौसम खड्काले यसैफिल्मबाट डेब्यु गरेका हुन् ।

जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ । दीपशिखा खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् भने फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् । फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्का लगाएतका कलाकारहरु अभिनय रहेको छ ।
फिल्म माघ २५ बाट देशभर प्रर्दशनमा आउदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.