करोड पति बन्ने हैन त , राजेश हमालले संचालन गर्दैछन् ‘कौन बनेगा करोड पति’को सिररिज नेपालमा

केहि बर्ष अगाडी देखी ईण्डिइन रियालीटी सो कौन बनेगा करोड पति निकै चर्चामा रहेको छ । अब यसको सिररिज नेपालमा पनि प्रसारण हुने भएको छ । उक्त कार्यकम ‘करोड पति’लाई नेपालका महानायक राजेश हमालले संचालन गर्ने भएका छन् ।

राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै को बन्छ करोड पतिका सबै सहयोगि संस्थाहरुको नाम लिष्ट पनि सार्वजानिक गरिएको छ ।
कार्यक्रम अर्को महिनाबाट प्रसारणमा आउनेछ। यो एपी वान टेलिभिजनमा प्रसारण हुनेछ।‘अन्तार्राष्ट्रिय फ्रेन्चाइज भए पनि कार्यक्रममा नेपाली फ्लेवर दिने कार्यक्रमको संचालक राजेश हमालले बताएका छन् ।

सन् १९९८ मा डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभन नाइटले सुरु गरेको ‘हु वान्ट्स टु बी मिलिनिअर्स’ को फ्रेन्चाइज संस्करणमा नेपाल १ सय ६१ औं देश हो। ‘केबीसी नेपाल’ कार्यक्रममा लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन अ फ्रेन्ड अप्सन हुनेछन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.