निर्देशक कोइरालाले सामाजिक कार्य गरेर मनाए बहिनीको जन्मदिन

सुत्रइन्टरटेन्मेन्ट–
नेपाली चलचित्र मा दुर्इदशकदेखि आफ्नो छुट्टै परिचय बनाउन सफल निर्देशक रमेश कोइरालाले आफ्नो बहिनी को जन्म दिनको अवसर पारेर एउटा उदाहरणिय समाजिक कार्य गरेका छन् । उनले बहिनी सबिता कोइराला (पोखरेल) को जन्मदिनको अवसरमा २५ जना अनाथ बालबालिकाहरूको उज्जवल भविष्य को कामना गर्दै एक महिनाको लागी खान पुग्नि खाध्यन्न सामाग्री प्रदान गरेका हुन् ।

बहिनी ज्वार्इ रामप्रसाद पोखरेलको समेत उपस्थितीमा निर्देशक कोइरालाले मातृभूमी महिला समाज सामाखुशीको आश्रयमा बसेका अनाथ बालबालिकाहरूको खाध्यन्न सामाग्री प्रदान गरेका हुन् ।

उक्त अवसरमा संस्थाका कार्यवहाक अध्यक्ष इन्दिरा थापा तथा सचिव सकुन्तला कट्टेलको पनि उपस्थिति रहेको थियो । निर्देशक कोइरालाकी बहिनी सबिता कोइराला (पोखरेल) ले यस्तो सामाजिक तथा पवित्र कार्यले आफूलाइ निकै नै खुसी तुल्याएको प्रतिक्रिया दिईन् ।

उनका श्रीमान रामप्रसाद पोखरेलले आगामी बाटो सामजिक कार्य नै भएको भन्दै दाजु बहिनीको यो बालबालिका प्रतिको सहानुभूतिमा आफ्नो सँधै समर्थन रहने बताए । मातृभूमी महिला समाज विगत ९ बर्षदेखि राजधानी लगाएत देशका बिभिन्न जिल्लाहरूमा महिला हकहित लगायत बालबालिकाको सवाललमा निरन्तर सक्रिय रहँदै आएको छ । निर्देशक कोइरालाका चलचित्रहरू मा पनि बढि मात्रमा बालबालिका तथा महिला , पछौटेपन को सवाललार्इ उठाइएको पाईन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.