फिल्म ‘इन्टु मिन्टु लण्डनमा’तेस्रो सातामा

असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ । बर्षकै सबैभन्दा राम्रो ओपनिङ्ग कलेक्सन गर्न सफल फिल्मले प्रदर्शनको पहिलो हप्तामा ३ करोड ३० लाखको कलेक्सन गरेको फिल्म दोस्रो सातामा एक करोडको कारोबार गरेको छ । उक्त फिल्मको दुई हप्ते कलेक्सन ४ करोड ३० लाख ग्रस रहेको छ ।

तेस्रो हप्ताबाट फिल्म राजधानी बाहिरका अधिकांश सिंगल पर्दाबाट उत्रिएको छ भने मल्टिप्लेक्समा अझै चलिरहेको छ भने ‘छक्का पञ्जा ३’ रिलिजसँगै यो फिल्म अधिकांश हलबाट उत्रने तयनै छ ।

‘इन्टु मिन्टु लण्डनमा’ टिमले अब आई एम २१ नामक फिल्म निर्माण गर्दैछ, जसमा अभिनेता धिजर मगर रहनेछन भने अन्य कलाकारहरु तय भएका छैनन् ।

आइकोर फिल्म्सको व्यानरमा निर्माणमा भएको फिल्मलाई रेनशा वन्तवा राईको निर्देशन गरेकी हुन् भने फिल्ममा प्रज्ज्वल म्शेर जबरा र प्रभु सम्शेर जबराको लगानी रहेको छ ।फिल्ममा धरज मगर, साम्रागी राज्य लक्ष्मी शाह र शारुक ताम्रकारको मुख्य अभिनय रहेका छन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.