पूर्व प्रेम जोडी कंगना रनौत र ऋतिक रोशन पहिलो पटक आमने-सामने

बलिउडमा दुई ठूला स्टार्स २५ जनवरीमा एकअर्कासँग भिड्ने भएका छन् । बलिउडका पूर्व प्रेम जोडी कंगना रनौत र ऋतिक रोशन बक्सअफिसमा पहिलो पटक आमने-सामने हुन लागेका हुन् ।

कंगनाको फिल्म ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ र ऋतिकको फिल्म ‘सुपर ३०’ एकसाथ रिलिज हुने भएको छ । ‘मणिकर्णिका’ रानी लक्ष्मीबाईको जीवनमा आधारित हो भने ‘सुपर ३०’ आनन्द कुमारको कोचिङ सेन्टरमा आधारित रहेको छ ।

‘मणिकर्णिशका’ को निर्देशन कृष जगारला मुन्डीले गरेका हुन् भने ऋतिकको फिल्म ‘सुपर ३०’ को निर्देशन विकास बहलले गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.