तनुश्रीको साथमा बलिउडका अन्य सेलिब्रेटी,’जुन झुट हो, त्यो झुट नै हो:नाना पटेल

अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरलाई ‘सेक्सुअल ह्यारेस्मेन्ट’ को आरोप लगाएकी थिन भने नानाले पनि आफूमाथि लागेको आरोपको खण्डन गरिरहेका छन् ।

एक अन्तरवार्तामा कुरा गर्दै उनले भने, ‘जुन झुट हो, त्यो झुट नै हो । अहिले म ज्यासलमेरमा एक फिल्मको छायांकन गरिरहेको छु । ७ वा ८ अक्टोबरमा म मुम्बई फर्किनेछु र हरेक एक सवालको प्रश्न दिनेछु र वास्तविकता मिडियालाई बताउनेछु ।’ साथै उनले आफ्नो चरित्र सबैमा सावित गर्न पनि जरुरि नभएको नानाले बताएका छन् ।

यसैगरी अन्य विभिन्न सेलिब्रेटीहरुले तनुश्रीको पक्ष्यमा बोलेका छन् भने विभिन्नले ट्वीटहरु समेत लेखेका छन् । अहिले बलिउडका धेरै जसो अभिनेत्रीहरुले तनुश्रीलाई सपोर्ट गरिरहेका छन् ।

यो पनि हेर्नुहोस;

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.