चार उत्कृष्ट कलाकारको अभिनय”हजार जुनि सम्म”मा

फिल्म ‘नाई नभन्नु ल’को सफल प्रदर्शन पश्चात निर्देशक विकासराज आचार्य अर्को फिल्म बनाउने तयारीमा रहेका छन् जसको लागि अहिले कलाकारहरु छनोट कार्य भइरहेको छ ।

उनले फिल्म ‘हजार जुनी सम्म’बनाउन लागेका हुन् र यसको लागि नायिका स्वस्तिमा खड्का पहिलानै अनुबन्धित भइसकेकी छिन साथै अहिले फिल्मका लागि नायक तथा अन्य कलाकार छनोट कार्यपनि लगभग पुरा भएको छ ।

सार्वजनिक खबरका अनुसार, ‘हजार जुनी सम्म’को लागि निर्देशक आचार्यले नायकमा आर्यन सिक्देललाई फाइनल गरेका छन् । फिल्म ‘कायरा’ प्रदर्शन पश्चात उनि अन्य कुनै पनि फिल्ममा अनुबन्धित भएका थिएनन भने उनले यो फिल्मका लागि निकै महँगो पारिश्रमिक लिएको खबर पनि बाहिरिएको छ ।
फिल्ममा यी दुईका अलावा प्रियंका कार्की र सलोन बस्नेत पनि फाइनल भएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.