फिल्म ‘बादशाह जुट’को ‘काफल पाक्यो ‘बोलको गीत सार्वजनिक

फिल्म ‘बादशाह जुट’को अफिसियल गीत सार्वजनिक भएको छ । सोमबार राजधानी स्थित फिल्म निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ‘काफल पाक्यो ‘बोलको गीत सार्वजनिक गरेको हो ।

राजन राज शिवाकोटी र मेलिना राईको स्वर रहेको उक्त गीतमा कृष्ण भर्दुवाजको संगीत ,डिपी खनालको लिरिक,विक्रम स्वरको कोरियोग्राफी रहेको गीतमा प्रियंका कार्की, अमिर गौतम, शुशील श्रेष्ठको मुख्य फिचर रहेको छ ।

जोनी सिंग राना निर्देशित फिल्ममा हर्क बहादुर कुवर र भोजराज श्रेष्ठ निर्माता रहेका छन् । फिल्ममा निर्देशक रानाकै कथा, अभिषेक कुमार सानीको लेखन, कृष्ण भर्दुवाज र कोशोसको संगीत रहेको फिल्ममा माथि उल्लेखित कलाकारका अलावा अमिर गौतम,सुशील श्रेष्ठ,रोबिन तामांग,रोशनी खड्का,कमल मणि नेपाल लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.