‘राधा २’ को सट्टा ‘प्रेम दिवस’को शुभ मुहुर्त सम्पन्न

ऑ केहि समय पहिला देखिनै फिल्म ‘राधा २’ बनाउने हल्ला कलिउड फिल्म क्षेत्रमा निकै चलिरहेको थियो जसलाई निर्देशक योगेश घिमिरेले निर्देशन गर्ने पनि तयनै थियो भने यसका लागि नायक नायिका पनि कन्फर्म भएका थिए तर अहिले फिल्मको नाम परिवर्तगरिएको छ ।

‘राधा २’भनेर तय गरिएको फिल्मको नाम अहिले परिवर्तन भएर ‘प्रेम दिवस’राखिएकों छ । बुधबार राजधानी स्थित रहेको मैतीदेवी मन्दिरमा शुभ फिल्मको शुभ मुहुर्त गर्दै फिल्मको नाम प्रेम दिवस रहेको जानकारी फिल्म निर्माण टिम दिइएका छन् । घटस्थापनाको अवसर पारेर शुभ मुहुर्त गरिएको फिल्मको

कार्तिक ८ गतेबाट झापाबाट छायांकन सुरु गरिने फिल्ममा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकारको मुख्य भुमिका रहने छ । अमेरिकामा बस्दै आएका विशालले प्रेम दिवसबाट नेपाली फिल्ममा डेव्यु गर्न लागेका हुन् ।


जय न्यौपानेको लगानी रहने फिल्ममा प्रदीप भारद्वाजको पटकथा, बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, हरी लामाको छायांकन रहनेछ । म्युजिकल लभस्टोरी सिनेमाको कथा प्रदिप भारद्धाजले लेखेका हुन् ।

यो पनि हेर्नुहोस:
प्रियंकाको नेपली फिल्म’पाहुना’लाई दुई पुरस्कार