शिव परियारको ‘सुनको माया’ सार्वजनिक

चर्चित गायक शिव परियारले आफ्न फ्यानहरुको लागि ‘सुनको माया’ बोलको गीत उपहार दिएका छन् ।लोक रक जनराको गीत आज आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत सबै आफ्ना शुभचिन्तकहरुको लागि उपहार स्वरुप रिलिज गरिएको बताएका छन् ।

आफ्नो ११ औं एल्बम ‘शिवालय’ मा समावेश ‘सुनको माया’ बोलको गीत आज रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा शिव परियारको स्वर र संगीत रहेको छ भने श्वेता मैनालीको शब्द रहेको छ । गीतमा मन्जिल बिक्रम केसीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ ।

बिकास सुबेदी निर्देशित भिडियोमा अनिल कुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ ।गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.