फिल्म ‘सावाब्याज’ बन्ने घोषणा

फोटो फिल्मीखबरबाट

फिल्म ‘सावाब्याज’ बन्ने भएको छ । मंगलबार एक कार्यक्रम गर्दै ओस्कार इन्टरनेशनल कलेजका विद्यार्थीहरुले फिल्म बनाउने औपचारिक घोषणा गरेका छन् । करीब ३ बर्षको अध्ययन र मिहिनेत पश्चात् ओस्कार कलेजका विद्यार्थीहरुले उक्त फिल्म निर्माण गर्न लागेका हुन् ।

फिल्म सम-सामुहिक घटनामा आधारित रहेर निर्माण हुने छ ।उक्त कार्यक्रममा बोल्दै फिल्मका डेब्यु निर्देशक देविन राईले फिल्म समाजमा अहिले घटिरहेका घटनाहरुमा आधारित रहेर निर्माण हुने बताएका छन् ।

फिल्मलाई देगेन्द्र कुमार राई र बिपिन राईले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । कार्तिकको तेस्रो हप्ताबाट छायांकन हुने तयारीमा रहेको फिल्ममा ओस्कार कलेजका विद्यार्थी प्रवेश महतरा क्षेत्री र रश्मी श्रेष्ठको प्रमुख भूमिका रहनेछन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.