हरितारा चलचित्र पुरस्कार घोषणा, लय संग्रौला र रेखाथापालाई प्रदान गरीने दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम र बिजयरत्नलाई रामकाजि घिमिरे, शिवविक र शोभिता सिम्खडालाई परिवर्तन सम्मान

हरितारा चलचित्र पुरस्कारका संरक्षक श्री मनोज शम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेतातथानिर्देशकश्री लय संग्रौला र अभिनेत्रीतथानिर्माता÷निर्देशकश्री रेखाथापालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

३ दशकभन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजनतथाचलचित्रकालागि संरक्षण÷सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्रमार्फत नेपालीजनमानसमाअनवरत सेवा पु¥याएवापतश्री लय संग्रौला र लगभगदुई दशक देखि नेपालीचलचित्रमाआफ्नो अभिनयकलातथा पछिल्लो समय चलचित्रनिर्माण र निर्देशनमार्फत नेपालीजनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याएवापतश्री रेखाथापालाई हरितारा चलचित्र पुरस्कार २०७५ अर्पण गर्ने निर्णय गरिएको छ । हरितारा चलचित्र रस्कारको राशीजनही २५ हजार रहेको छ ।


त्यसैगरि परिवर्तन नेपालको कार्यसमितिको वैठकले ३ दशक देखि नेपाली रंगमञ्चतथाचलचित्र क्षेत्रमाअनवरत योगदान पु¥याएवापतअभिनेताश्री उत्तम केसीलाई र नेपाली रंग पत्रकारितामार्फत ३ दशकभन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याएबापतश्री विजय रत्नतुलाधरलाई श्रीमतीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ ।

यो पुरस्कारको राशीजनही १० हजारको रहेको छ । यस्तै अभिनेतानिर्देशकश्री रामकाजि घिमिरे, नृत्य निर्देशकशिवविक र अभिनेत्रीतथा लेखिकाश्री शोभिता सिम्खडालाई परिवर्तन सम्मान २०७५बाट सम्मानगरिने समेत निर्णय गरिएको छ ।
पुरस्कार तथा सम्मानतिहार पछि गरिने आयोजना समारोहमाअर्पण गरिने कुरा परिवर्तन नेपालकाअध्यक्षमोहननिरौलाद्धारा प्रेसीत बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

गतबर्ष अभिनेत्रीकरिश्मामानन्धर, डिजाइनर सुन्दर श्रेष्ठ, चलचित्रपत्रकाशान्तिप्रियलाई हरितारा पुरस्कार, कलाकार शुभाष गजुरेललाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गरएिको थियो । नेपालको चलचित्र सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ ।
यो पनि पढ्नुहोस्:
सरकारी विद्यालयको होस खुलाउने छक्का पन्जा ३ (फिल्म समीक्षा)

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.