अस्ट्रेलियाको सिड्नीमा‘इन्टु मिन्टू लण्डनमा’को प्रिमियर

Pic: merofilm

अशोज ५ गतेबाट नेपलभर प्रर्दशनमा आएको फिल्म ‘इन्टु मिन्टू लण्डनमा’ अहिले अस्ट्रेलियामा प्रर्दशन भइरहेको छ । यसैक्रममा फिल्मले सिड्नी प्रिमियर शो सम्पन्न गरेको छ । नेपालमा ग्रान्ड प्रिमियर गरेको फिल्मले अस्ट्रेलियामा पनि निकै भब्यताका साथ प्रिमियर शो सम्पन्न गरेको हो  ।

सिड्नीको पारामाटामा रहेको इभेन्ट सिनेमामा गरिएको प्रिमियरमा फिल्मका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगरको उपस्थित थिए ।

प्रिमियर शो हेर्ने दर्शकले फिल्म निकै राम्रो रहेको प्रतिक्रिया दिएका थिए भने एउटा हल्मा फिल्म हेर्ने दर्शक तीन सय भन्दा पनि बढी रहेका थिए ।

आइकोर फिल्म्सको व्यानरमा निर्माणमा भएको फिल्मलाई रेनशा वन्तवा राईको निर्देशन गरेकी हुन् भने फिल्ममा प्रज्ज्वल म्शेर जबरा र प्रभु सम्शेर जबराको लगानी रहेको छ ।फिल्ममा धरज मगर, साम्रागी राज्य लक्ष्मी शाह र शारुक ताम्रकारको मुख्य अभिनय रहेका छन्।
यो पनि पढ्नुहोस्;
‘छक्का पन्जा ३’को तीन दिने कलेक्सन ३ करोड माथी

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.