प्रसादको ‘बनकी चरी’मा विपिन कार्की गायक

फिल्म विपिन कार्की अभिनित फिल्म ‘प्रसाद’को दोस्रो गीत सार्वजनिक भएको छ । आइतबार राजधानी स्थित पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले ‘बनकी चरी’बोलको गीत सार्वजनिक गरेको हो ।

रुपक डोटेल र अन्जु पन्तको स्वर, सुबास भुसालको संगीत, बि पाण्डेको शब्द रहेको गीतमा विपिन कार्की , निश्चल बस्नेतको मुख्य अभिनय रहेको छ
भने विपिन कार्की गायकको रुपमा देखिएका छन् ।
निसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा समेटिएको ‘प्रसाद’मा विपिन र नम्रताले दम्पत्तिको भुमिकामा देखिएका छन् ।

दिनेश राउतको निर्देशित फिल्ममा सुवास थापाको निर्माण, पत्रकार सुशील पौडेल पटकथा तथा संवाद रहेको छ । फिल्ममा नम्रता श्रेष्ठ , विपिन कार्की , निश्चल बस्नेत लगाएतको कलाकारको मुख्य अभिनय रहेको छ ।

फिल्म मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।
यो पनि पढ्नुहोस्;
अस्ट्रेलियाको सिड्नीमा‘इन्टु मिन्टू लण्डनमा’को प्रिमियर
अक्षय कुमारको कारण निर्देशक साजित खानले ‘हाउसफुल ४’ छाड्दै

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.