‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा निर्णायक तथा कोच अभयाले दिईन सबै निर्णायकहरुलाई ‘सरप्राइज’

नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा टिम अभयाले सबै निर्णायक तथा कोचहरुलाई आश्चार्यमा पारिदिईकी छिन् । टिम अभयाबाट दुई प्रतिस्पर्धी जोवन र सुवासविचको प्रतिस्पर्धा निकै रोमाञ्चक भएको भन्दै अन्य निर्णायकहरुले कोच अभयाको निकै प्रशसा गरेका थिए ।

उनलाई कोच दिपले सबैलाई सरप्राइज दिएको भन्दै उत्कृष्ट ब्याटल गराउन सफल भएको बताए । कोच अभयाको प्रशंसा गर्दै कोच दिपले भने, यो अर्को सरप्राइज अभया सुब्बाको’ ।

त्यसैगरि कोच प्रमोद र कोच सनुपले पनि उत्कृष्ट ब्याटल प्रतियोगिता देखिएको भन्दै उनीहरुले कसैको पक्ष छनौट गर्न कठिन भएको सुझाव दिएका थिए । तर कोच अभयाले आफ्नो सल्लाहकारहरुसँग सल्लाह गरेर प्रतिस्पर्धी जोवनलाई छनौट गरेकी थिईन् ।

त्यसैगरि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’मा प्रमोदका दुई प्रतिस्पर्धीहरु तेजेन्द्र र वर्ता गन्धर्व बिच पनि ब्याटल राउण्डमा साँच्चिकै ब्याटल भएको भन्दै निर्णायकहरुले निकै प्रशंसा गरे । उत्कृष्ट प्रतिस्पर्धीहरु तयार पारेको भन्दै निर्णायक प्रमोदलाई सबै निर्णायकहरुले प्रशंसा गरेका हुन् ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को शनिवारको ब्याटल राउण्डबाट तेजेन्द्र, नवराज, सन्तोष, राहुल लाइभमा जान सफल भए ।ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ । टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।
यो पनि पढ्नुहोस्;
अस्ट्रेलियाको सिड्नीमा‘इन्टु मिन्टू लण्डनमा’को प्रिमियर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.