बलिउडमा चर्किएको ‘मि टू’ले कस–कसलाई दियो धक्का ?

सुत्र इन्टरटेन्मेन्ट – हलिउडकी एक हिरोइनले सुरु गरेको ‘मि टू’ अभियान अहिले बलिउडमा भाइरल बनेको छ । १०–१५ बर्ष पुरानो सेक्सुअल ह्यारेसमेन्टको केस पनि ब्यूतन थालेका छन् ।
बलिउड अभिनेत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरलाई १० बर्ष अगाडि सुटिङका क्रममा गरेको दुव्र्यवहारलाई लिएर मि टू अभियान चालेपछि यो केस अगाडि बढेको हो ।

तनुश्री र नानाविच अहिले वादविवाद त चलिरहेको छ । तर, यसले नानाले हाउसफूल ४ जस्तो फिल्मबाट हात धोएका छन् ।
एक पत्रकार र एक महिला निर्देशकले निर्देशक साजिद खानमाथि यौन दुव्र्यवहारको आरोप लगाएपछि उनले हाउसफूल ४ सिनेमा नै छाड्नुपरेको छ । उनले एक पत्रकारलाई इन्टरभ्यूका क्रममा सेक्सुअल ह्यारेसमेन्ट गरेको आरोप छ ।

बलिउडका सफल संगीतकार अनु मलिकलाई पनि यो आरोप लाग्यो । एक गायिकाले गीत गाउने क्रममा आफूलाई किस गर्न मागेको आरोप लगाएपछि उनले नेपाल आइडलको जर्जबाट हात धुनु परेको छ ।
यस्तै, बलिउडका निर्देशक विकास बहाललाई पनि एक अभिनेत्रीले आरोप लगाएपछि उनले सुपर ३० सिनेमा नै छाड्नुपरेको छ । बलिउडमा अहिले महिला कलाकारहरु आफूमाथि भएको दुव्र्यवहारको बारेमा बोल्न थालेका छन् ।

अब, यो अभियानले कसकसको करिअरमा धक्का हान्छ, भोलीका दिनमा थाहा नै हुनेछ । तर, अहिलेसम्म हेर्ने हो भने कसैको पनि आरोप पुष्टी भएको छैन । तर, पनि धेरैले आफ्नो कामबाट भने हात धोएका छन् । तर, विशेषगरि नयाँ कलाकारमाथि हुने यस्तो दुव्र्यवहार अब कम हुने विश्वास भने गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्:

नेपाली कलाकारका तस्बिर, समाजलाई असर गर्छ कि बढी सोचिन्छ ?

Ranveer and Deepika finally tying the knot: Astonishing ocassion and venue plan

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.