हृदयभरी लिएर आउँदै पल

अभिनेता पल शाहले नयाँ सिनेमा खेल्ने भएका छन् । उनले अभिनय गर्न लागेको नयाँ सिनेमा हृदयभरी हो । हृदयभरी नामको सिनेमालाई सुरज सुब्बा नाल्बोले लेखन र निर्देशन गर्दैछन् । यो सिनेमाका लागि पलले मोटो रकम पनि लिएका छन् ।
अभिनेता पल शाहले हृदय भरीमा काम गरेको २० लाख पारिश्रमिक लिएको निर्देशक सुरज सुब्बाले जानकारी दिएका छन् ।

पल शाहसँग संझौतापछि अब सुरज हिरोइनको खोजीमा पनि जुटेका छन् । उनले ५ फिट ३ इन्च भन्दा अग्ला र २० बर्ष माथिका यूवतीले सम्पर्क गर्न सक्ने बताएका छन् । लभस्टोरी कथामा यो सिनेमा बन्दैछ ।
सिनेमालाई शाह प्रोडक्शनको ब्यानरमा निर्माण गरिदैछ । चैत्रबाट यो सिनेमा फ्लोरमा जानेछ । शत्रु गते रिलिजपछि पलले करिब ७ महिना पर्खिएर नयाँ फिल्म खेल्न लागेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.