दिवाकरलाई किन रोजिन् दीपिकाले ?

सुत्र इन्टरटेन्मेन्ट – फिल्म क्षेत्रमा आएपछि करिअर बर्बाद हुन्छ भनेर हिरोइनहरु उमेर, प्रेमी लुकाउँछन् । झन् बिहे त चाडै गर्न मान्दै मान्दैनन् । तर, यो कुराले अभिनेत्री दीपिका प्रसाइलाई छोएन ।
दीपिका प्रसाइले २ वटा सिनेमा खेल्ने वित्तिकै आफ्ना प्रेमीसँग कोर्ट म्यारिज गरेर इन्गेजमेन्ट गरेकी छिन् । दीपिकाले बिहे गर्न लागेका निर्देशक हुन् दिवाकर भट्टराई ।

दिवाकर र दीपिका ४ बर्षदेखि प्रेममा रहेको उनीहरुले नै बताएका छन् ।
दिवाकर र दीपका प्रसाइको प्रेमलाई उनीहरुले हतारमा बिहेमा परिणत गरे या के गरे ? त्यो भोलीका दिनमा उनीहरुको करिअरमा आउने उतारचढावले बताउनेछ ।

दिवाकर र दीपिकाले विजयादशमीको टिका लगतै इन्गेजमेन्ट गरेका हुन् । सिनेमा ऐश्वर्यबाट नै दिवाकरले दीपिकालाई फिल्म क्षेत्रमा भित्राएका थिए ।
दिवाकर अहिले क्याप्टेन फिल्ममा व्यस्त छन् । अभिनेत्री दीपिकाले भने छक्का पन्जा ३ मा काम गरेकी छिन् । उनी, नेपाली सिनेमामा सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्मकी हिरोइन हुन् ।

दिपिकाले दिवाकरको सिम्प्लिसिटीले आफूलाई आकर्षित गरेकाले उनीसँग माया बसेको बताएकी छिन् । उनीहरु, कामको सिलसिलामा शनिबार थाइल्याण्ड पुगेका छन् ।
मंसिरपछि बिहे गर्ने उनीहरुको योजना छ । नत्र, अर्को बर्ष बिहे गर्ने उनीहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्:

” नेपाली चलचित्र – ग्ल्यामर्सको ब्यापार छैन अपार “

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.