चंगाचेट निर्देशकलाई कलाकारको समय मिलाउँदा नै हैरानी

सुत्र इन्टरटेन्मेन्ट – निर्देशक दिपेन्द्र के खनाल फिल्म चंगाचेटलाई लिएर जती उत्साहित छन्, त्यती नै दिकदार कलाकारका कारण छन् । फिल्मको छायांकनदेखि नै कलाकारको समय मिलाउन नसकेर उनलाई दिक्क लागेको हो ।
६ जना कलाकार लिएका उनलाई सबै कलाकार एकसाथ राख्न त गाह्रो भयो नै । फिल्मको प्रचारमा समेत कलाकार छैनन् । बोलाएका कलाकार समयमा आउँदैनन् ।

 

आज केक काट्न आयोजित कार्यक्रम १ बजे बोलाइयो । तर, २ बजेसम्म कलाकार आएनन् । २ बजे बल्ल अभिनेत्रीद्धय सुरक्षा पन्त र परमिता आर एल राणा आइपुगेका थिए । दिपेन्द्रले कलाकारको समय मिलाउन नपाएको भन्दै लामो सुस्केरा हालेका थिए । कलाकारमा त्यो भन्दा म किन चाडो जानु, त्यो भन्दा ढिलो सुटिङबाट म किन निस्कनु भन्ने खालको सोच देखिएको उनी बताउँदै थिए ।

कात्तिक १६ गतेबाट सिनेमा चल्दैछ । कलाकारको समय मिलाउन नपाएर उनले प्रचार नै गर्न भ्याएका छन् । प्रियंका कार्की र आयुष्मान देशराज जोशी अर्को सिनेमाको लागि झापातिर पुगेका छन् । परमिता, सुरक्षा, सन्दिप क्षेत्री, रविन्द्र झाको समय मिलाउन उस्तै धौ धौ छ ।

नेपाली फिल्ममा कलाकारको पारिश्रमिक बढेको छ । तर, कलाकार व्यवसायिक कम, पैसा केन्द्रित बढी हुँदा निर्माता र निर्देशकलाई यो समस्या आउन थालेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.