‘लभ यू हमेसा’ मा यशराज

आधा दर्जन बढी नेपाली फिल्ममा अभिनय गरिसकेका नायक तथा मोडल यशराज गराच नयाँ फिल्ममा अनुबन्ध भएका छन् । यस अघि उनले अभिनय गरेका फिल्महरुले खासै सफलता भने पाएका छैनन् ।
यद्यपी उनको अभिनयको तारिफ हुने गरेको छ । विशेषत फिल्म भन्दा बढी म्युजिक भिडियो र र्याम्प वाकमा रुचाइएका उनी अब पुन नेपाली फिल्मी पर्दामा फर्किन लागेका हुन् ।

उनी दार्जलिङ बासी भास्कर प्रधानको निर्देशनमा बन्न लागेको फिल्म ‘लभ यू हमेसा’मा अनुबन्ध भएका हुन् । प्रधान संगै फिल्ममा यमन गुरुङको लगानी रहनेछ । फिल्ममा यशराज संगै डेब्यु नायिका फिजा योन्जन लामा, गोपाल ढकाल (छन्दे) लगायतको अभिनय रहनेछ । फिल्मको छयांकन शिव ढकालले गर्ने छन् । प्रधान समुहले दार्जलिङमा फिल्म निर्माण गर्दै आएका छन् । उनीहरुको समुहले निर्माण गर्न लागेको यो पहिलो नेपाली फिल्म हो ।

फिल्मको छायांकन दार्जलिङ लगायत अन्य स्थानमा समेत हुनेछ । फिल्मका अन्य कास्टहरुको बारेमा भने खबर बाहिरिएको छैन । यशराजले पछिल्लो समय ‘उफ यो मन’ नामक फिल्मको छायांकन सक्काएका छन् । हिट फिल्मको प्रतिक्ष्या प्रतिक्षामा रहेका यशलाई लभ यू हमेशाले राहत देला कि नदेला त्यो भने फिल्म प्रदर्शन पश्चात थाहा हुनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.