
बलिउड पोन स्टार सन्नी लियोनिले अभिनेता अनुप बिक्रम शाही संग नेपाली फिल्म ‘पास्वोर्ड’गर्ने भन्ने चर्चाले नेपाली फिल्म क्षेत्रमा निकै तहल्का मचाएको थियो ।
तर केहि समय अगाडी उनले फिल्मको एउटा गीतमा आइटम डान्स गर्ने खबर बाहिरियो । त्यस पछि अहिले उनले ‘पास्वोर्ड’मा डान्स गर्ने गीतको बारेमा पनि आफ्नो टुइटर एकाउन्टमा लेखेकी छिन ।
सन्नीले शुक्रबार आफ्नो टुइटर एकाउन्टमा एक स्टाटस लेखेकी छिन जसमा उनले ‘’बहुप्रतिक्षीत ‘नेपाली फिल्म’ ‘पासवर्ड’’ लेखेकी छिन भने उनले फिल्मको डान्स नम्बर सुनेर आफु उत्साहित रहेको समेत लेखेकी छिन ।
यो पनि पढ्नुहोस्:
विपिन र नम्रताका बीचमा निश्चल
Be the first to comment