यस्तो छ फिल्म ‘२.०’ को ट्रेलर

बलिउडका निकैनै चर्चित दुई अभिनेता रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक भएको छ । चेन्नईमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण टिमले उक्त ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलर २ मिनेट ६ सेकेन्डको रहेको छ । जसमा फिल्म मुख्य मुख्य सम्पूर्ण पात्रहरुलाई अटाइएको छ भने ट्रेलर निकै एक्सन मय रहेको छ ।

एस शंकरको निर्देशनमा बनेको सो फिल्म बलिउडकै सबै भन्दा महँगो फिल्म हुने बताइएक छ । भारतीय मिडियाका अनुसार , फिल्मको बजेट पहिला ४ सय करोड थियो, तर पछि बढेर ओभरअल बजेट ५४३ करोड हो ।

फिल्म ‘२.०’ मा २१ सय ५० भिएफएक्स सट्स छ, जसलाई हजार भिएफएक्स आर्टिस्ट्सले तयार गरेका हुन् । फिल्मका लागि १३ सय प्रि-भिजुअल सट्स लिइएको थियो भने कुल हजार कम्पलेक्स भिएफएक्स सट्स तयार भएको थियो ।१० कन्सेप्ट आर्टिस्ट र २५ थ्रीडी डिजाइनर्सले ५ सय क्राफ्ट्सम्यानको मद्दतबाट बनाइएको छ । यो काममा दुनियाँभरबाट ३ हजार टेक्निसियन सामेल भएका थिए ।

फिल्ममा रजनीकान्त र अक्षय कुमारका मुख्य भूमिकामा रहेका छन् भने यी दुईका अलावा ऐश्वर्या पनि फिल्ममा गेस्ट रोलमा देखिदै छिन ।
यो पनि पढ्नुहोस्:
सन्नी लियोनिले गरिन् नेपाली फिल्म पास्वोर्डको बारे यस्तो टुइट

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.