फिल्म ‘अनुग्रह’को ट्रेलर सार्वजनिक

नेपाली सम सामयिक कथामा आधारित फिल्म ‘अनुग्रह’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ  ।  बिहिबार फिल्म निर्माण टिमले युटुब मार्फत उक्त ट्रेलर सार्वजनिक गरेको हो  ।

सार्वजिक ट्रेलर १ मिनेट ५२ सेकेन्डको रहेको छ जसमा आमा-बाबुको माया, हासो, प्रेम, रोधनलाई समेटिएको छ  ।

कुमार केसी निर्देशित फिल्ममा सन्तोष खवाश निर्माता रहेका छन् भने फिल्ममा कबिता शिवाकोटीको शब्द सन्तोष थापाको संगीत पदम तामांगको कोरियोग्राफी रहेको छ  । फिल्ममा सुवाष मेचे ,रोहण सेन्चुरी , आर्ट गुप्ता , सन्जय न्यौपाने , क्रिष्टिना राई , दिप्सिका सिलवाल लगायतका कलाकारहरुको अभिनय रहेको छ  ।  फिल्म कार्तिक ३० गतेबाट देशव्यापी प्रर्दशनमा आउने भएको छ  ।
यो पनि पढ्नुहोस्:
नेपाल आइडल बुद्ध लामाको ‘रातो टिका टल्क्यो’ सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.