इन्गेजमेन्ट नसेलाउदै नायिका परमिताको ब्रेकअप

नायिका परमिता आर एल राणाको ब्रेकअप भएको छ । नायक आयुष्मान देशराज जोशीसँगको प्रेम सम्बन्धको केहि समय पछि हिसी लोसांगको प्रेममा परेकी पारमिताको ब्रेकअप भएको हो ।

उनले केहि समय अगाडीमात्र उनको जन्मदिनमा लोसांगसंग इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो तर उनको इन्गेजमेन्टको खबर सेलाउन नपाई अहिले ब्रेकअपको खबर उनकै इन्स्टाग्राममा स्टाटस बाट बाहिरिएको हो ।

उनले आफ्नो इन्स्ट्रा एकाउन्टमा ‘यो सबैका लागि हिसी तिमीलाई धन्यवाद छ । तिमीले मलाई पीडा सिकाएका छौ । म अहिले पहिलेको भन्दा झनै शक्तिशाली भएकी छु । म प्रेममा अन्धो भएकी रहेछु । तर, मैले अहिले बल्ल वुझे कि म यो भन्दा पनि निकै राम्रो कुरा प्राप्त गर्न योग्य छु । यो सबै पीडाका लागि तिमीलाई धन्यवाद’ लेखेकी छिन् ।

नेपाली हिरोइनको मुम्बई यात्रा

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.