नेपाली हिरोइनको मुम्बई यात्रा

सुत्र इन्टरटेन्मेन्ट – अमेरिका जीवनशैली बदल्नका लागि नेपाली फिल्मका कलाकारलाई सपनाको देश बनेको छ । अमेरिका जानका लागि अधिकांश कलाकार लाइनमा छन् । कोही यहीबाट ग्रिन कार्ड एप्लाई पनि गरिरहेका छन् । त्यस्तै, मुम्बई करिअर बदल्ने सपनाको शहर हो । जहाँ पुग्न मात्र पाए पनि आफ्नो करिअरमा ठूलै बदलाव आउने सोच नेपाली कलाकारको छ ।

मुम्बइको यात्रा तय गर्न त सजिलो छ तर बलिउडको यात्रा तय गर्न फलामको चिउरा चपाए जस्तै छ । अभिनेत्री मनिषा कोइरालाले सूरु गरेको बलिउड यात्रा सुरविना कार्कीसम्मले सपना देखेर तय गर्न खोज्दैछन् ।

मनिषा कोइराला बलिउडमा ९० को दशकमा नम्बर १ पोजिशनमा थिइन् । मनिषाले बलिउडका सबै सुपरस्टारसँग सिनेमा खेलेकी छिन् । यसैले पनि अरु हिरोइनका लागि मनिषा कोइराला बन्ने सपना देख्नु नौलो कुरा होइन ।

अभिनेत्री झरना बज्रचार्यले पनि मुम्बइको यात्रा तय नगरेकी होइनन् । कतरा कतरा बोलको गीतमा कामुक आइटम गरेकी झरना यसपछि अघि बढ्न सकिनन् । कतरा कतरा गीत नै उनको करिअरका लागि खतरा बन्यो ।

अभिनेत्री प्रियंका कार्की, श्रृष्टी श्रेष्ठले समेत बलिउडको ढोका खोल्ने कोशिश गरे तर सकेनन् । उनीहरु नेपालमा छायांकन भएको एउटा बलिउड सिनेमाको अडिसनका लागि मुम्बई पुगेका थिए । तर, उनीहरु छनोट भएनन् ।

बलिउड यात्रा नेपाली कलाकारका लागि सपना बन्दै आएको छ । अभिनेत्री उषा पौडेलले समेत बलिउडमा पाइला राखेकी हुन् । उनले केही भारतीय सिरियलमा काम गरिन् तर फिल्म खेल्न सकिनन् । बरु, त्यही सिरियलको काम उनलाई अमेरिकासम्म पुर्याउने गोरेटो बनेको थियो ।

अभिनेत्री जेनिशा केसी पनि मुम्बइमा नै छिन् । उनी पनि बलिउडमा प्रवेश पाउने आशामा लामो समयदेखि संघर्षरत छिन् । जेनिशाले सी ग्रेडका सिनेमा नखेल्ने बताइसकेकी छिन् । ए ग्रेडका सिनेमा पाउन उनको संघर्ष जारी छ ।

अभिनेत्री सुरविना कार्कीले पनि मुम्बइको यात्रा तताएकी छिन् । उनी पनि बलिउडमा काम पाउने आशामा संघर्षरत छिन् । सुरविना नेपालमा त्यती सफल हिरोइन होइनन् । बलिउडको ढोका उनका लागि खुल्छ या खुल्दैन भलै पक्का छैन ।

नेपाली फिल्मकी अभिनेत्री अदिती वुढाथोकी पनि बलिउडमा पाइला राख्ने दौडमा दौडिरहेकी छिन् । केही म्यूजिक भिडियो, विज्ञापनमा काम गरेकी अदिती पनि आशावादी नै छिन् । तर, ठूलो शहर र ठूलो फिल्म नगरीमा काम पाउन त्यती सहज छैन । तर, पनि केही नेपाली हिरोइनको संघर्ष बलिउडमा जारी नै छ ।
यो पनि पढ्नुहोस्:

इन्गेजमेन्ट नसेलाउदै नायिका परमिताको ब्रेकअपफिल्म ‘कथा ७२’को ट्रेलर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.