मनिषा कोइरालाको जीवनी समेटिएको ‘हील्ड’ बजारमा

बलिउडकी चर्चित अभिनेत्री तथा नेपाली मुलुककी चेली मनिषा कोइरालाले पाठे घरको क्यान्सरबाट मुक्ति पाए पछि र उनको संघर्षका दिनहरु समेटिएको पुस्तक ‘हील्ड’ सार्वजनिक गरेकी छिन । शनिबार एक कार्यक्रमको आयोजना गर्दै उनले सो पुस्तक सार्वजनिक गरेकी हुन् ।

बलिउडमा विभिन्न सुपरहिट फिल्महरु दिएकी मनिषाको यो पुस्तक ‘हील्ड’मा उनको जीवनीलाई समेटिएको छ । उनले नीलम कुमारसँग मिलेर सो पुस्तक तयार पारेकी हुन् । आज भन्दा ६ वर्ष अगाडी उनिले क्यान्सर जस्तो खतरनाक रोगबाट छुट्कारा पाएकी थिन ।

उनले आफ्नो टुइटर एकाउन्टमा पुस्तकको मुख्यपुष्ठको साथ, ‘क्यान्सरबाट बचेर जीवनलाई फेरि जिउनु र आफूलाई फेरि पाउनुको एक सबक हो ।’ लेखेकी छिन । पुस्तकको उपशीर्षक छ, ‘क्यान्सरले मलाई नयाँ जिन्दगी दियो ।’
यो पनि पढ्नुहोस्:
स्टारडम २ दिनको, स्क्रिप्ट सधैको

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.