यसरी मनाए हरिवंशले आफ्नो ६० औ जन्मदिन

वरिष्ट हास्यकलाकार हरिवंश आचार्य आफ्नो ६० औ जन्मदिन मनाएका छन् । उनले आज रेडियो अडियोको स्टुडियो बानेश्वर स्थित कलाकार तथा पत्रकारहरुका बीच आफ्नो ६० औ जन्मदिन मनाएका हुन ।

बिगत केहि वर्ष देखि रेडियो अडियोले सम्पूर्ण हास्य कलाकारहरुको जन्मदिन निकै हासो, उलास सहित भब्य रुपमा मनाउने गर्दछ । जन्मदिन मनाउने कार्यक्रम सहित आज फिल्म ‘दालभात तरकारी’को पनि शुभ मुहूर्त गरिएको छ ।

जन्मदिन सेलिब्रेसन कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरि,जितु नेपाल, धुर्मुस,सुन्तली,पूजा,आकाश लगाएतका थुप्रै कलाकारहरु उपस्थित रहेका थिए भने कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले मान्छेको जीवन सफल बनाउन दुई साथी एक जीवन साथी र अर्को आफ्नो हरेक कदममा साथ दिने, हरेक कुरा शेयर गर्न सक्ने, मन मिल्ने साथीको आवश्यक पर्ने र त्यो अर्को साथी उनको हरिवंश आचार्य रहेको समेत बताए ।

त्यसै हरिवंश आचार्यले पनि आफुले जीवनमा मदनकृष्ण जस्तो साथी पाएकोमा आफु निकै भाग्यमानि रहेको समेत बताए ।

साथै जितु नेपाल, धुर्मुस,सुन्तली लगाएतका अन्य थुप्रै कलाकारहरुले हरिवंश आचार्यलाई जन्मदिनको सुभ कामना सहित विभिन्न हास्य प्रस्तुति समेत दिएका थिए ।
बाकीं भिडियोमा हेर्नुहोस्:

यो पनि पढ्नुहोस्:
फिल्म ‘दाल भात तरकारी’को शुभ मुहूर्त सम्पन्न

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.