
बलिउडका चर्चित जोडी तथा अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोण विवाह बन्धनमा बाधिएका छन् । करिब ६ वर्ष लामो प्रेमलाई यिनीहरुले विवाहको रुपमा परिणत गरेका हुन ।
यिनीहरुको बिहेमा आफन्त जान र निकै खास-खास व्यक्तिहरुलाई मात्र सामिल गराइएको थियो भने विवाहमा सहभागी हुने कुनै पनि व्यक्तिले मोबाइल फोन अथवा कुनै पनि इलेक्ट्रोनिक सामानको प्रोयोग गर्न नपाउने र फोटो पनि खिच्न नपाउने भनिएको थियो ।
यसै बीचमा अहिले यी दुईको विवाहको भिडियो र फोटो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा रणवीर निकै खुशी साथ् नाचिरहेको देखिएको छ भने फोटोमा यी दुवै निकै खुशी देखिएका छन् । यी दुईको विवाहको फोटो र भिडियो सार्वजनिक भएसंगै निकै भाइरल बनि रहेको छ ।
यो पनि पढ्नुहोस्:
फिल्म ‘साइँली’ को एकसाथ् तीन पोस्टर सार्वजनिक
Be the first to comment