न आइटम गीत टिक्यो, न आइटम गर्ल

सुत्र इन्टरटेन्मेन्ट – उध्रेको चोली छ है तैपनि लाइन्छ भन्ने गीत दर्शकले विर्सिएका छैनन् । यो गीत कुनै जमानामा यति धेरै बज्यो कि, नेपाली फिल्मको गीत पनि यति धेरै बज्दो रहेछ भने जस्तै भयो ।

लुट सिनेमामा समावेश यो गीत बजारमा आएपछि अरु फिल्म बनाउनेलाई लाग्न थाल्यो, आइटम गीत हालेर मोडललाई अलीकती हट बनाइदियो भने मालामाल ।

यसपछि त नेपाली फिल्ममा आइटम खुर्सानी नै बन्न थालेको थियो । आइटमविनाको नेपाली फिल्म खुर्सानीविनाको तरकारी जस्तै भयो । धेरैलाई लाग्यो, खुर्सानीविना भतेर मिठो हुँदैन ।

यो आइटम गीतमा नृत्य त्यो बेलाकी हट अभिनेत्री सुष्मा कार्कीले गरेकी थिइन् । सुष्मा कार्कीले यो गीतमा आइटम गरेपछि उनलाई आइटम गीतमा नचाउने निर्माताको लहर नै चलेको थियो । सुष्मा कार्की पनि २ दिन नृत्य गरेर राम्रै पैसा कमाउन थालेपछि हिरोइन भन्दा पनि आइटम गर्ल धेरै बनिन् । त्यही आइटम गर्ल बन्दाको नतिजा उनले अहिले भोगिरहेकी छिन् ।

सुष्मा कार्कीपछि आइटम नृत्य गरेर चर्चामा आएकी मोडल हुन्, एलिसा राई । म्यूजिक भिडियोमा काम गर्दा गर्दै निर्माता माधव वाग्लेले एलिसालाई लैजाउ घुमाउन मलाई बोलको गीतमा नृत्य गराए । लुट २ मा समावेश गरिएको यो गीत सार्वजनिक भएपछि एलिसा राइ पनि रातारात सुपरस्टार बने भन्ने भ्रममा बसिन् । एलिसा राइलाई म्यूजिक भिडियो खेलाइरहेका निर्देशक र मेकरहरु उनको पारिश्रमिक देखेर तर्सिन थाले ।
अहिले एलिसा राइलाई म्यूजिक भिडियोमै समस्या छ, फिल्म त उनले पाएकी नै छैनन् । अहिले नेपाली फिल्ममा आइटम गीत खासै महत्वपूर्ण छैन । आइटम गीतलाई लोकगीतले उछिनेको छ । अहिले लोकगीत विनाको नेपाली फिल्म के फिल्म भएको छ । नाच्न जान्ने हिरो हुन् या नहुन्, लोकगीत नै राख्नैपर्छ ।

आइटम गीतको भेल ५ बर्ष पनि टिकेन । यो भेलले अधिकांश आइटम नृत्य गर्नेलाई डुबायो । आइटम नृत्य गरेरै केही देश त मोडलहरु घुमे तर यसलाई सही तरिकाले सदुपयोग गर्न नसक्दा न त फिल्म चल्यो न त आइटम नै ।

आइटम गीतको अर्थ उच्छृङ्खलता बन्न पुग्नु नै यसको धराशायीको मुख्य बाटो थियो । आइटम गीतमा जे पनि शब्द राखेर हिरोइन नङ्ग्याउन थालेपछि यसको क्रेज विस्तारै घटेको हो ।

आइटम नृत्य गर्नेमा सुष्मा कार्की र एलिसा राई मात्र होइनन् । अन्य, थुप्रै कलाकारले पनि आइटम नृत्य गरेका थिए । तर, नेपाली फिल्ममा जे चल्छ त्यसलाई नविगारेसम्म चुप नलाग्ने मेकर हाबी हुँदा यस्तो अवस्था धेरै पटक निस्कन्छ । अहिले लोकगीत पनि त्यसरी नै प्रयोग हुँदैछ । लोकगीत पनि आइटम गीतको अवस्थामा नपुगोस् ।
यो पनि पढ्नुहोस्:
नेपाली हिरोइनको मुम्बई यात्रा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.