डा.डि.आर उपाध्यायको ‘प्रतिनाद सांगीतिक साँझ २०७५’हुदै

गीतकार डा.डि.आर उपाध्याय को ‘प्रतिनाद सांगीतिक साँझ २०७५’मार्फत एकल गाएनका साथ गुन्जिने भएका छन् । यहि मङ्सिर ९ गते आइतबार काठमाडौँको रास्ट्रिय नाचघरमा विभिन्न गायक गायिकाहरुले एकल / युगल प्रस्तुतिका साथ् कार्यक्रमलाई भब्य रुपमा आयोजना गरिदै छ ।

कार्यक्रममा संगीतकार राजु सिंहको संयोजनमा नेपालका लोकप्रिय बाध्यबाधकहरुको बेजोड प्रस्तुति रहने छ । साथै कार्यक्रममा राष्ट्रकबि माधव प्रसाद घिमिरेलाइ रु ५१ हजार नगद सहित अभिनन्दन पनि गरिने भएको छ ।

अभिनन्दनको साथमा डि.आरका सात सांगीतिक कृति र एउटा उपन्यास पनि लोकार्पण हुनेछन । एउटा सर्जकको एकैपटक यतिधेरै कृति बिमोचन एकल गाएनको साथ हुन लागेको यो पहिलो पटक नै हो । एल्बमहरुमा बुलु मुकरुङ, सन्तोष श्रेष्ठ र सगर अधिकारी ‘शरद’ को संगीत रहेको छ भने चर्चित गायक गायिकाहरुको स्वर समेटिएको छ ।

ग्ल्यामर स्लस प्रोडक्सन एण्ड मिडिया हाउस प्रा .लि तथा डि. आर. म्युजिक एण्ड ट्रेडिङको आयोजनामा हुन लागेको उक्त कार्यक्रमलाई यसोदा फूडले प्रायोजन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस्:
दिपिकाको औलामा ३ करोडको औठी

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.