सलोन र बिनोदमा कस्ले पट्याउला त सारालाई

मङ्सिर २८ बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ’सुश्री सम्पति’ को’तीन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र सलोन बस्नेत , बिनोद न्यौपाने, सारा सिर्पालीको दुई पट्टि देखिएका छन् ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् भने केहि दिन पछि फिल्मको ट्रेलर सार्वजनिक हुने निर्माण पक्षले जानकारी दिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.