नाम चलेका निर्देशकको गुम्दो ब्रान्ड

सुत्र इन्टरटेन्मेन्ट- निर्देशक दीपेन्द्र के खनालले फिल्म पशुपति प्रसाद निर्देशन गर्दा उनलाई गहन बिषयलाई उठान गर्न सक्ने खुबी भएको निर्देशकको रुपमा हेरियो । दीपेन्द्रले द यूगदेखि यूगसम्म सिनेमा निर्देेशन गर्दा नै आफूलाई फरक निर्देशकको रुपमा परिचित गराएका थिए । उनको यात्रा चंगाचेटसम्म आइपुग्दा धरमराएको छ । किनभने, पशुपति प्रसाद जस्तो सिनेमा निर्देशन गरेका निर्देशकले चंगाचेट जस्तो हल्काफुल्का कथामा कमेडी मात्र हालेर सिनेमा बनाउने कि नबनाउने भन्ने प्रश्न उब्जन सक्छ ।

हुनत, अहिले कमेडी चलेकाले पनि दीपेन्द्रले त्यो धार समातेर सेफ हुने बाटो खोजेका होलान् ।
दीपेन्द्र के खनालबाट सिनेमा क्षेत्रले अपेक्षा ठूलो गरेको छ । यसैले पनि उनलाई त्यो अपेक्षा भेट्न सधै नै चुनौती छ । तर, पशुपति प्रसादपछि उनले त्यो चुनौती छुन खासै सकेको पाइदैन ।

निर्देशक निश्चल बस्नेतलाई पहिलो सिनेमा लुट नै ब्रान्ड बनाइदिएको हो । यो सिनेमा निर्देशन गरेपछि निश्चल बस्नेत सेलिव्रेटी निर्देशक बनेका थिए । निश्चल बस्नेतलाई पहिलो सिनेमाबाट नै दर्शकमा उच्च अपेक्षा बढाएपछि दोश्रो सिनेमा नै चुनौती बनेको हो । यसैले उनलाई टलकजंग भर्सेस टुल्के, लुट २ बनाउन गाह्रो भयो ।

लुट २ ले त दर्शकको अपेक्षाको छेउ पनि पार गरेन । यसपछि निश्चलले सिनेमा निर्देशन गर्ने तयारी गरेपनि कथावस्तु आफूले सोचेजस्तो नपाएपछि थन्काए । अहिले उनी आइटम गीतमा नृत्य, फिल्ममा अभिनय गरेर राम्रै कमाई गरिरहेका छन् । तर, नेपाली फिल्म र दर्शकले निर्देशकबाट गर्ने अपेक्षा आइटम नृत्य र फिल्ममा अभिनय हुँदै होइन ।

पुराना डुंगाले निर्देशक रामबाबु गुरुङप्रतिको अपेक्षा पनि सकिदियो । कबड्डी र सोही नामको पछि अर्को कबड्डी राखेर उनले सिनेमा बनाए र सफलता पाए । तर पुरानो डुंगा सिनेमाले रामबाबुको ब्रान्डमा नै धक्का दिएको हो । यसपछि त उनलाई सिनेमा बनाउन गाह्रो परिरहेको छ । उनी साइली सिनेमामार्फत दर्शकमाझ आउँदैछन् ।

अहिले नेपाली फिल्ममा पत्याउने भन्दा नपत्याइएका निर्देशकको सिनेमा हिट छ । विकासराज आचार्य, दीपाश्री निरौलाले बक्स अफिसमा धमाका मच्चाइरहँदा दीपेन्द्र, निश्चल, रामबाबुलाई दर्शक हलसम्म तान्न धौ धौ परिरहेको छ ।

यी बाहेक अन्य केही निर्देशक पनि छन्, जो सिनेमा बनाउँदा ठूलै सोचका साथ अघि बढेका थिए । तर, काम गर्दै जाँदा उनीहरुलाई एउटा सिमित घेरामा खुम्चिनु परेको छ ।

नेपालमा निर्देशककै नामबाट थोरै मात्र सिनेमा चलेको पाइन्छ । तर, ती निर्देशक नै खहरे खोला बनिदिदा दर्शकले कसको सिनेमा हेर्ने भन्ने दोधार मनमा पालिरहेका छन् ।
यो पनि पढ्नुहोस्:
प्रसादको हाइपसँगै दर्शकमा अपेक्षा बढ्यो, मेकरलाई चुनौती

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.