राजनीतिले तातेका कलाकार सेलाए

सुत्र इन्टरटेन्मेन्ट – सबैका कलाकार राजनीतिमा होमिन हुन्छ या हुँदैन भन्ने बहस लामो समयदेखि चल्दै आएको छ । भारतमा पनि कलाकारले राजनीति नगरेका होइनन् । तर, उनीहरुले राजनीति गर्दा फिल्मको जीवनलाई बढाउन सकेका भने छैनन् ।

नेपालमा पनि कलाकारले राजनीति गर्न खोजेका हुन् । तर, जनयुद्ध सकिएसँगै तत्कालिन नेकपा माओवादी शान्ती प्रक्रियामा आएपछि एक हुल कलाकारको जमातलाई पार्टीमा लाग्न हतार भयो । सबैले माओवादी मात्र रोजेनन्, एमाले र कांग्रेसका रुपमा चिनिए । तर, राजनीतिले कलाकारको स्वार्थ पुरा पनि भएन र कलाकारलाई प्रयोग मात्र गरेको देखियो । अहिले ती कलाकारलाई त्यो बेलाको राजनीतिले घाटा भएको छ ।

आफ्नो बल्दो सांगीतिक यात्रालाई ध्यान नदिएर संगीतकार चेतन सापकोटा माओवादी पार्टीमा लागे । तर, अहिले उनको सांगीतिक यात्रा ध्वस्त भएको छ । क्रियशन भन्दा बढी राजनीतिले छुँदा उनलाई ठूलो घाटा भयो । यसैले अहिले उनको सांगीतिक यात्रा पनि निभ्न लागेको दियो जस्तै भएको छ ।

अभिनेता भूवन केसीलाई पनि राजनीतिले गतिलो चड्कन मात्र हान्यो । उम्मेदवारी पाइसकेको काठमाण्डौ क्षेत्र नम्बर १ को टिकट भोलीपल्टै गुमाउनुपर्दाको पीडा उनले लामो समयसम्म नभुल्लान् । अहिले उनले कुनै पनि पार्टीको नाम लिदैनन् । मनमा कुनै पार्टीप्रति आस्था त होला तर भूवन खुलेरै पार्टीगत यात्रामा लागेका छैनन् । अभिनेत्री रेखा थापालाई पनि राजनीतिले कुदाँइ त रह्यो, तर उनी सो अनुसार कुद्न सकिनन् ।

कहिले नेकपा माओवादी, कहिले राप्रपा त कहिले राप्रपा प्रजातान्त्रिक । रेखाका लागि राजनीतिक यात्रा सुखद रहेन । मतदाता नामावलीमा आफ्नो नाम नै नहुँदा उनले पाइसकेको टिकट गुमाइन् । राजनीतिलाई स्वार्थ अनुसार प्रयोग गर्न खोज्दा रेखाको क्रेज पनि कमजोर भयो, राजनीतिक यात्रा पनि सुस्त नै बन्यो ।

राजनीतिको चपेटाले धेरै कलाकारलाई छोएको हो । अन्जु पन्तदेखि निर शाहसम्म राजनीतिमा होमिए । कलाकारहरु त खुलेरै म फलानो पार्टीको कार्यकता भन्न सम्म भ्याए । तर, केही व्यक्तिहरुले त्यसको लाभ लिएपनि धेरैले त्यसको लाभ लिन सकेनन् । यसैले पनि राजनीतिमा होमिएका धेरै कलाकार पलायन भए भने कतिपयको फिल्मी यात्रा पनि सकियो । कोमल वली राष्ट्रिय सभाको सदस्य हुनुबाहेक अरुको राजनीतिक यात्रा गतिलो छैन ।

अभिनेत्री करिश्मा मानन्धरका लागि नयाँ शक्ति पार्टीको यात्रा न यताको न उताको भएको छ । न त उनले पार्टी नै छाड्न सकेकी छिन् न त पार्टीमा लागेर त्यस्तो क्रान्तिकारी परिवर्तन नै गर्न सकेकी छिन् । बरु, उनलाई पार्टीमा लागेर अध्ययन गर्नुपर्छ भन्ने सोच भने आयो ।

कलाकारहरु राजनीतिमा राजनीतिक दलबाट प्रयोग मात्र भएका छन् । चुनाव आउँदा, बाढी पहिरो आउँदा कलाकारलाई दलले आफ्नो झन्डामुनी राखेपनि अरु बेलामा उनीहरुको यात्रा सुखद छैन । यसैले कलाकार सबैको साझा भएकै राम्रो यसै भनिएको होइन होला ।
यो पनि पढ्नुहोस्:
बिहेपछि कोही हराए, कोही चम्किए

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.