’घनचकर’को ‘दाईको सालो’

फिल्म ’घनचकर’को ‘दाईको सालो’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार फिल्म निर्माण टिमले यूटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा राजेश पर्याल राई र मन्दवि त्रिपाठीको स्वर, बिपिन आचार्यको शब्द/संगीत तथा सिमोन राजवंशीको कोरयोग्राफी रहेको गीतमा सलोन बस्नेत, नरेन खड्का र कस्मिरा लामा फिचर्ड रहेका छन् ।

भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई दिपेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन भने फिल्ममा जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्ति मगर, प्रवन भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्म पुष १३ बाट देशव्यापी प्रर्दशनमा आउदै छ ।
यो पनि पढ्नुहोस्;
एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखे डी.आर. गीतकार उपाध्यायले

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.