नेपालकी छोरी श्रृंखलालाई मिस वर्ल्ड २०१८ बनाउन सक्दो भोट गरौं, सबैले यसरी भोट गरौ

नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनिया चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोटपनि निक्कै आकर्षक आइरहेको छ । यो समाचार तयार पार्दा समेत उनी अग्र स्थानमा छिन् । उनी मिस वर्ल्ड २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ ।

अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीपनि पुगेका थिएनन् । कात्तिक २३ गते शुक्रबार मिस वर्ल्ड २०१८ मा सहभागिता जनाउन चीनतर्फ उड्ने क्रममा श्रृंखलाले त्रिभुवन विमानस्थलबाटै नेपाली झन्डा फहराउँदै एउटा आकर्षक तस्बिर पोस्ट गरिन् ।

उक्त तस्विरले धेरैको मन जितिरहेको छ । तस्बिरसँगै उनले लेखेकी थिइन् नेपाल, म तिमीलाई गौरवान्वित बनाउनेछु, यो मेरो वाचा भयो अर्थात् नेपाल, आई विल डू यू प्राउड, प्रमिस । स्टाटससँगै श्रृंखलाले आफ्नो मिस वर्ल्डको यात्रा प्रारम्भ भएको जानकारीसमेत गराएकी छिन् ।

मिस वर्ल्ड २०१८ को निर्णायक प्रतियोगिताअघि विभिन्न युट्युब च्यानलले यो वर्षको सम्भावित विजेताका बारेमा अनुमान लगाउन थालिसकेका छन् । मिस वर्ल्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली श्रृंखलाले मिस वर्ल्डको उपाधि नै जित्न सक्ने अनुमान गरेका हुन् ।

कसरी गर्ने भोट ?

श्रृंखलाले आफ्नो फेसबुक पेजमार्फत आफूलाई अनलाइन भोट गर्न सम्पूर्ण नेपालीहरूसमक्ष आग्रहसमेत गरेकी छिन् । त्यसका लागि मोबाइलमा मोबस्टारको एप डाउनलोड गरेर श्रृंखला खतिवडाको पेजमा गै उनलाई फलो गर्नुपर्नेछ । त्यसपछि उनको पोस्टमा गएर मोबाइलको स्क्रिनलाई देब्रेबाट दाहिनेतर्फ स्विप गर्नुपर्छ । त्यसो गर्नेबित्तिकै ‘यस’ लेखिएको देखिने छ । उक्त शब्द देखिनु भनेकै श्रृंखलाले एकमत प्राप्त गर्नु हो । त्यसका लागि प्रत्येक दिन उक्त एपमा गएर उनका हरेक पोस्टमा कमेन्ट समेत गर्नुपर्नेछ । यसरी भोट गर्दा सबैभन्दा बढी मत पाउने सुन्दरीले मिस वर्ल्डको एउटा महत्वपूर्ण विधा मल्टिमिडियाको उपाधि जित्नेछिन् ।

उनलाई मिस वोर्ल्ड बनाउनका लागी तलका चार तरिका बाट भोट गर्नुपर्ने हुन्छ:
1. https://missworld.com/#/vote

(direct लिन्क खोल्नोस् र vote option मा जानोस् र shrinkhala khatiwada खोज्नोस् र vote गर्नोस्। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरी 3/4 चोट vote गर्नु सक्नु हुनेछ।)

  1. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

(यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको आधिकारिक पेज हो त्यसैले शृङ्खला खतिवडाका अन्य पेजमा अन्य आइडीमा भोट नगरी ! यसै पेजमा भोट गर्नुस् । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

  1. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90

(यो माथि दिएको Link direct खोल्नोस् र contestant number 78 वा shrinkhala type गरी खोज्नुस् र like गर्नोस् vote हुन्छ)

  1. download “mobstar” App from play store र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरी entries मा क्लिक गरी शृङ्खलाको पेज आउने छ । त्यसमा vote गर्नोस् ।

vote गर्ने विधि;- शृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाई right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।

यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.