आठ वर्ष देखि ८१ वर्षसम्मकाले गरे दान

नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) – पशुपति बुद्ध मन्दिरले यस वर्षको द्यौसी–भैलो मार्फत मन्दिर निर्माणका लागि ११६,००० (एक लाख सो¥ह हजार) अमेरिकी डलर रकम दान उठाउन सफल भएको छ । वासिङ्गटन डिसी मेट्रो क्षेत्रका राज्य लगायत अन्य राज्यहरु र विदेशबाट समेत दान सहयोग प्राप्त गर्न सफल यस वर्षको द्यौसी–भैलो कार्यक्रममा ८ वर्ष देखि ८१ वर्षसम्मका व्यक्तिहरु कार्यक्रममा सहभागी भई मन्दिर निर्माण कार्यमा दान सहयोग गरेको कुरा एनइसीसीले हालै जारी गरेको प्रेस व्यक्तव्यमा जनाएको छ ।

एनइसीसीले जनाए अनुसार सन् २०१४ देखि डिसी महानगर क्षेत्रमा द्यौसी–भैलो कार्यक्रम शुरु गरेको थियो । ‘द्यौसी भैली मार्फत मन्दिर निर्माणमा सहयोग जुटाउने, नेपाली संस्कृतिलाई समुदायका सदस्यहरुको घर आगनमा पु¥याउने र दोश्रो पुस्ताहरुलाई सकेसम्म सहभागि गराउने साथै यसै मार्फत संस्था र समुदायको सम्वन्ध अझ बलियो बनाउने उद्धेश्य सहित द्यौसी–भैला सञ्चालन गरिएको हो ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्तीमा उल्लेख गरे अनुसार यस वर्ष एनइसीसीबाट ६ दिन लगाएर डिसी, मेरिलैण्ड र भर्जिनाया राज्यका विभिन्न २२ स्थानमा द्यौसी–भैली खेलिएको थियो । जसमध्ये अमेरिका स्थित नेपाली राजदूतावासमा राजदूत, दूतावासका कर्मचारीहरु तथा नेपाल सरकारका पूर्व मन्त्री तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय समेतको उपस्थितिमा खेलिएको थियो ।

उक्त स्थानहरु मध्ये सवै भन्दा धेरै ३४,००१ अमेरिकी डलर दान सहयोग एनपीपीएको कार्यक्रममा संकलन गरेको देखिन्छ । एनइसीसीका अनुसार सो सहयोग रकम संकलन हुनमा एनपीपीएका अध्यक्ष राजु जोशि, संस्थापक अध्यक्ष राम मालाकार तथा निवर्तमान अध्यक्ष सरोज प्रजापतिको विशेष भूमिका रहेको थियो । यसै गरि दोश्रो धेरै सहयोग २८,३६३ अमेरिकी डलर नविन तथा सरला नेपालको घरमा खेलिएको द्यौसी–भैलीबाट संकलन गर्न सफल भएको जसमा डिसी महानगर क्षेत्र बाहिरबाट समेत दान प्राप्त भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा द्यौसी–भैलो कार्यक्रममा खट्ने सम्पूर्ण कलाकारहरु, द्यौसी–भैलो कार्यक्रमलाई आफ्नो घरमा सञ्चालन गर्न आमन्त्रण गर्ने दाताहरु, राम्रो व्यवस्थापनमा गरेर कार्यक्रमलाई सफल बनाउने स्वयंसेवक तथा संस्थाका सदस्यहरु, मिडिया तथा सञ्चारकर्मीहरु लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

मन्दिरका पण्डित श्रीधर ज्ञवालीले मन्दिरका अध्यक्ष खिलेन्द्र मणी न्यौपानेलाई खादा ओढाई सम्मान गरेका थिए भने अध्यक्ष खिलेन्द्र न्यौपाने, उपसभापति सरोज प्रजापति, रामचन्द्र खरेल, महासचिव नेत्र घिसिङ्ग तथा केसी डान्स सेन्टरका नविन के.सी.ले कलाकारहरु तथा दातारुलाई सम्मान गरेका थिए ।

८० भन्दा बढि व्यक्तिहरुको उपस्थितिमा सम्पन्न द्यौसी–भैली समापन कार्यक्रमका आयोजक नविन तथा सरला नेपालले भने ‘हामी मन्दिरको यो कार्यक्रमबाट अत्यन्तै खुशि छौँ । विदेशमा नेपालीपन लाई हाम्रो घरआगनमा पु¥याउने मन्दिर प्रति हामी आभारी छौँ । हामीलाई खुशि यस अर्थमा पनि लागेको छ कि मन्दिर निर्माणमा हाम्रो घरमा खेलिएको द्यौसी–भैली कार्यक्रमबाट सबैको सहयोगले निकै राम्रो रकम संकलन हुन सकेको छ । सबैले यसै गरि साथ र सहयोग गरेमा हामीले सोचेको मन्दिर चांडै नै निर्माण हुन सक्छ ।’

डिसी नेपालले यस वर्षको २२ वटा स्थामा खेलिएको द्यौसी–भैली कार्यक्रमलाई प्रत्यक्ष प्रशारण गरेको थियो भने डिसी क्षेत्रका साथमा अमेरिकाका अन्य राज्यहरु तथा विदेशबाट समेत दान सहयोग प्राप्त भएको थियो । समापन कार्यक्रममा जानकारी गराइए अनुसार शान्ति न्यौपानेको पहलमा यस वर्ष मात्र डिसी महानगर क्षेत्र बाहिरबाट १२००० डलर भन्दा बढि सहयोग प्राप्त भएको थियो । थप विशेषताका रुपमा आठ वर्षकी सानी नानी कृपा सिटौलाले भगवान गौतम बुद्ध र नेपालका दृश्यहरुको चित्र कोरेर साथीहरुलाई बेच्ने र त्यसबाट आउने पैसा जम्मा गरेर दिनको २५ सेन्टका दरले मन्दिरलाई दान गर्दै ट्रष्टि (जसका लागि ५००० डलर दान गर्नुपर्ने प्रावधान छ) बन्ने घोषणा गरेकी छन् भने १६ वर्षका विवेक न्यौपानेले दिनको ५० सेन्टका दरले एक वर्षको १८५ डलर मन्दिरलाई दान सहयोग गरेका छन् । यसैगरि ८१ वर्षकी सावित्री क्षेत्रीे समेतले डलर अ डे सहित संस्थाको ट्रष्टि बन्ने घोषणा गरेकी थिइन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.