विदेशमा छक्का पञ्जा ३ पछिकै उच्च शो माग प्रसादको

मंसिर २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद’को माग विदेशमा समेत उच्च देखिएको छ । युरोप वितरणको अधिकार लिएका सुरज कार्कीका अनुसार युरोपका ११ देशमा फिल्म प्रसादको प्रदर्शन कन्फर्म भइसकेको छ ।। डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रीया, पोर्चुगल, बेल्जियम, नर्वेलगायतका देशमा प्रदर्शन कन्र्फम भएको प्रसादको पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ ।

कार्कीका अनुसार ‘छक्का पञ्जा ३’ पछिको हाई डिमाण्डेड मुभी प्रसाद हो । यसअघि छक्का पञ्जा ३ ले युरोपमा अहिले सम्मकै उच्च ३० शो पाएको थियो । युरोपका अन्य देशबाट प्रसादको माग बढीरहेको भन्दै उनले छक्का पञ्जा ३ कै हाराहारीमा प्रसादको शो हुने बताएका छन् ।

युरोप प्रदर्शनका लागि छुट्टै सेन्सर गर्नु नपर्ने भए पनि फिल्म निर्माण कम्पनीले फिल्म वितरण र प्रदर्शनको अनुमति सहितको पत्र दिनु पर्नेछ ।
अष्ट्रेलिया प्रदर्शनको अधिकार लिएको गोर्खे इन्टरटेनमेण्टका नविन मानन्धरका अनुसार ७, ८, ९ र १० डिसेम्बरमा फिल्म प्रसाद अष्ट्रेलियामा प्रदर्शन हुनेछ ।

सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन । फिल्ममा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुशिल पौडेलको लेखन रहेको छ ।फिल्ममा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्:
भाइरल बन्दै श्रृङखला खतिवडाको भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.