फिल्म ‘शान्ति’को प्रर्दशन मिती तय

फिल्म ‘शान्ति’ आगामी शुक्रबारबाट रिलिज हुने भएको छ । फिल्म युनिटले मंगलबार राजधानीमा पत्रकारमाझ शुक्रबारबाट रिलिज हुने जानकारी दिएको हो ।

फिल्मका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवम् प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

फिल्ममा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ । फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँती, ज्ञानु राईको छायांकन र मेग मगरको सम्पादन छ ।

‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो । शान्ति वखिम थेबे निर्माता तथा बसन्त थेवे कार्यकारी निर्माता रहेको फिल्ममा कविता राई लिङ्देन प्रस्तुतकर्ता छिन् । फिल्म सिन्धुली, काभ्रे, नुवाकोटमा छायांकन गरिएको हो ।
यो पनि पढ्नुहोस्:
विदेशमा छक्का पञ्जा ३ पछिकै उच्च शो माग प्रसादको

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.