फिल्म ‘मेला’को ‘परिचय पाउ’ करोड क्लबमा

एक वर्ष अगाडी युटुबमा रिलिज भएको फिल्म ‘मेला’को ‘परिचय पाउ’ बोलको गीतले अहिले करोड क्लबमा प्रवेश गरेको छ ।

अहिले युटुबमा गीतले करोड भिउज पाउनु भनेको निकैनै ठुलो सफलताको रुपमा लिइने गरिन्छ । फिल्मका निर्माता निर्देशकले गीतको करोड भिउजलाई केक काटेर खुसियाली समेत मनाउने चलन अहिले निकै बढेको छ । ‘सुर्के थैली खै ?’, ‘गोजीमा दाम छैन’, ‘पहिलो नम्बरमा’, ‘रुपै मोहनी’बोलको गीतले पनि करोड भिउज पाएर युटुबमा निकै तहल्का मचाएका थिए भने निर्माता निर्देशकले केक समेत काटेका थिए ।

बसन्त निरौला निर्देशित फिल्मको उक्त गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर,अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द रहेको छ । गजित बिष्ट संग ठुम्का मार्दै नायिका पवित्रा आचार्य स्वयले  कोरियोग्राफी गरेकी छिन  । फिल्ममा सलोन बस्नेत, अमेश भण्डारी,आशिषमा नकर्मी , बसन्त भट्ट र निरज श्रेष्ठको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:
साइला (गौरव पहाडी)को अभिनयमा अर्को मार्मिक गीत ‘जिउछु भनि’सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.