‘द ब्रेकअप’को ‘हरपल’ सार्वजनिक

पौष २७ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘द ब्रेकअप’को ‘हरपल’बोलको गीत   सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले शुक्रबार युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा  फिल्मका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र शिल्पा मास्के फिचर्ड रहेका छन्  । जो निकै रोमान्टिक मूडमा देखिएका छन् ।

सार्वजनिक गीतमा बिराज गौतमको स्वर तथा गायक स्वयमको  संगीत रहेको गीतमा प्रकास मल्लको शब्द तथा बिशेष पाण्डेको एरेन्ज रहेको छ ।

हेमराज बिसी निर्देशित फिल्ममा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र हेमराज बिसी लगानी रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन भने सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:
कलाकारको प्रेम सम्बन्ध, स्वार्थ अनुसार कि सार्वजनिक कि गोप्य

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.