अनुपबिक्रम शाही र बर्षा शिवाकोटी ‘मंगसिर १५ ‘

मंगसिर ५ गते बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘पुरानो बुलेट’को ‘मंगसिर १५ ‘बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार फिल्म निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा अनुपबिक्रम शाही र बर्षा शिवाकोटी फिचर्ड रहेका छन् ।
गीतमा मेलिना राई र उत्तम जंग लिम्बुको स्वर, राम भट्टराईको शब्द तथा उत्तम जंग लिम्बुको संगीत रहेको उक्त गीतमा प्रसान्त ताम्राकारको कोरियोग्राफी रहेको छ ।

भीषण राई निर्देशित ‘पुरानो बुलेट’को कथा तथा पटकथा निर्देशक र सन्तोष राईले लेखेका हुन् । फिल्ममा अशोककुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा रहेका छन् । फिल्ममा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्:

‘द ब्रेकअप’को ‘हरपल’ सार्वजनिक

कलाकारको प्रेम सम्बन्ध, स्वार्थ अनुसार कि सार्वजनिक कि गोप्य

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.