
केहि समय अगाडी सार्वजनिक भएको ‘मखमली चोली’बोलको गीतबाट निकै राम्रो प्रतिक्रिया बटुलेका गायक सुमन केसी र गीतकार अम्बिका गुरुङको अर्को सामुहिक कोशेली ‘ढुकढुकी’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दर्जनौ गीतमा आफ्नो स्वर/संगीत दिएका गायकले फेरी अर्को उत्कृष्ट गीत बजारमा ल्याएका छन् । सुमन गायन, संगीतका साथसाथै एरेन्जमेन्टमा पनि उतिकै अब्बल छन् ।
भखरै सार्वजनिक भएको म्युजिक भिडियोलाई नेपालको विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको छ । गीतमा सुमन केसीको स्वर,अम्बिका गुरुङको शब्द, पुरुषोतम सुबेदीको संगीत तथा प्रनिन्द्र राईको एरेन्ज रहेको छ । निशान कस्यापको निर्देशन, जेबिका कार्की र महेश खड्काको अभिनय र बिकाश दाहालको सम्पादन रहेको गीतलाई उत्सब दाहालले क्यामरामा कैद गरेका छन् ।
Be the first to comment