विदेशमा ’सुश्री सम्पति’

मङ्सिर २८ गतेबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ’सुश्री सम्पति’ विदेशमा पनि प्रर्दशन हुने भएको छ । पछिल्लो समय नेपालसँगै नेपाली फिल्मको लागि विदेश प्रदर्शन निकै फस्टाई रहेको छ ।

फिल्म ’सुश्री सम्पति’ को सार्वजनिक गीतसंगीत र ट्रेलरले चुलिदो चर्चाका कारण फिल्म जापान, दक्षिण कोरिया र युरोपमा प्रदर्शन हुने भएको हो । फिल्मलाई जापान र कोरियोको लागि सुर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपको लागि सुरज कार्कीले प्रदर्शनको अधिकार लिएका छन् ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।
यो पनि पढ्नुहोस्:
सारा सिर्पालीको साथमा आकाशको ‘रात पनि दिन’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.