‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक

पुष २० गतेबाट प्रर्दशनमा आउने फिल्म ‘जे सुकै होस्’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले केहि समय अगाडी युटुब मार्फत सार्वजनिक भएको उक्त ट्रेलर १ मिनेट ३३ सेकेन्डको रहेको छ ।
जसमा अधिकतम दुई अर्थे संवाद प्रयोग गरिएको उक्त ट्रेलरमा लागु पदार्थ प्रयोग गर्ने युवा-युवतीलाई देखाइएको छ ।

उमेश गुरुङको निर्देशन रहेको फिल्मलाई नवराज जंग थापाले फिल्म निर्माण गरेका हुन् । बनिश शाह र सालिक दुलालले सम्पादन गरेको फिल्ममा निर्देशक स्वयमले कोरियोग्राफी रहेको छ । फिल्ममा चन्दा ढकाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एवी अन्जान लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:
विदेशमा ’सुश्री सम्पति’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.